नियम १३
वैकल्पिक शिक्षा
(१) स्थानीय तहले कुनै कारणले विद्यालयमा अध्ययन गर्ने अवसर नपाएका वा अध्ययन गर्ने क्रममा बीचैमा पढाई छाडेका विद्यालय उमेर समूहका बालबालिकालाई राष्ट्रिय पाठ्यक्रम प्रारपको आधारमा तयार पारिएको वैकल्पिक शिक्षाको पाठ्यक्रमको आधारमा आधारभूत तहको वैकल्पिक शिक्षाका कार्यक्रम सञ्चालन गर्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि आधारभूत तहको वैकल्पिक शिक्षालाई देहाय बमोजिम तीन तहमा स्तरीकरण गरी विद्यालयमा भर्ना भई छाडेको बालबालिकाको हकमा निजले बीचैमा छोडेको कक्षा र निजको उमेर अवस्था समेतलाई विचार गरी त्यस्तो वैकल्पिक शिक्षाको मिल्दो तहमा सहभागी गराइनेछः-
(क) तह एक: कक्षा एक देखि कक्षा तीनसम्म,
(ख) तह दुई: कक्षा चार देखि कक्षा पाँचसम्म,
(ग) तह तीनः कक्षा छ देखि कक्षा आठसम्म।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विद्यालयमा भर्ना नै नभएका बालबालिकाको हकमा निजले आधारभूत तहका सबै तहको वैकल्पिक शिक्षा पूरा गर्नु पर्नेछ।
(४) उपनियम (२) वा (३) बमोजिम वैकल्पिक शिक्षाको कार्यक्रम पूरा गरेका बालबालिकालाई त्यस्तो कार्यक्रम पूरा गरेको तहको आधारमा सोभन्दा माथिल्लो नियमित कक्षामा सम्बन्धित विद्यालयले भर्ना गर्नु पर्नेछ।
(५) उपनियम-(४) मा जुनसुकै कुरा लेखिएको भए तापनि आधारभूत तहको शिक्षा पूरा गरेको प्रमाणपत्र प्राप्त गर्न स्थानीय तहबाट सञ्चालित आधारभूत तहको परीक्षामा समावेश भै तोकेको सिकाइ उपलब्धि हासिल गरेको हुनु पर्नेछ।
(६) यो नियमावली प्रारम्भ हुँदाका बखत अनौपचारिक प्राथमिक शिक्षा (स्कूल आउटरिच प्रोग्राम), सामुदायिक अध्ययन केन्द्र मार्फत सञ्चालित कार्यक्रम र कक्षा छ देखि आठसम्मको खुला शिक्षा कार्यक्रम यस नियम बमोजिम सञ्चालन भएको मानिनेछ।